शहीद परिवारलाई मासिकभत्ता

रासस
Read Time = 2 mins

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा शहीद भएका नगर क्षेत्र भित्रका शहीद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ ।

आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार शहीदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ ।

हालसम्म उक्त सहयोग राशि पाउने शहीद परिवारको सङ्ख्या तीन पुगेको छ । मासिक पाँच हजार एक सयका दरले शहीद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी दिनुभयो ।

उक्त सुविधा प्राप्त गर्न शहीद परिवारले शहीद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने प्रावधान राखिएको छ । सो अनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।

नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?