संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक सुरु, एमाले गएन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको बैठक सुरु भएको छ । बैठक राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको हो ।

बैठकमा संसदको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ । आजको बैठकमा राष्ट्रपतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागी छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी भएको छैन । संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेको भन्दै राष्ट्रपतिले बोलाएको बैठकको औचित्य नभएको एमालेले जनाएको छ । ​एकातिर प्रयत्न भइरहेका बेला राष्ट्रपतिले बैठक बोलाएपछि एमाले अध्यक्ष ओलीले आपत्ति जनाएका थिए ।

संसद्मा जारी अवरोध हटाउन राष्ट्रपतिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टै छलफल गरिसक्नुभएको छ। यस्तै प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग पनि राष्ट्रपतिले परामर्श गरिसक्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले गरेको आरोधका कारण संसद् बैठक साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको छ ।

सोमवार अबेर रातिसम्म बसेको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बाहिरबाट समातिएको सुन सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नेबारे दलहरू सहमति नजिक पुगेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०ले गरिरहेको अनुसन्धान टुंग्याएपछि त्यस्तो आयोग गठन गर्न सत्तापक्ष तयार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?