सांग्रिलाको बैंकिङ एपमा थप सुविधा

Read Time = 2 mins

काठमाडौं । सांग्रिला विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ । नयाँ एप्लिकेशन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनलले निर्माण गरेको हो, जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ । सांग्रिला स्मार्ट डिजिटल बैंकिङका लागि ओम्नी च्यानल दृष्टिकोणमा आधारित छ, जसले ग्राहकलाई आफ्नो मोबाइल र वेब उपकरणबाट सहजै एप्लिकेशन प्रयोग गर्न पासवर्ड प्रयोग गर्न अनुमति दिन्छ ।

नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेकबुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेटलगायतका सुविधा रहेका छन् । सो अवसरमा बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्वप्रसाद जोशीले भन्नुभयो, ‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधैं प्रवद्र्धन गर्दै आएको छ । हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौं र हाम्रो एपको नवीनतम् संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?