प्रदेश-१ को विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

इटहरी । प्रदेश-१ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० प्रतियोगितामा मधेस प्रदेशलाई नौ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । इटहरीमा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा जितका लागि ५० रनको सामान्य विजयी लक्ष्य पछ्याएको प्रदेश एकले ११.४ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो ।

प्रदेश–१ की कप्तान रुविना क्षेत्री बेलबासे २७ बलमा दुई चौकासहित २० तथा काजल श्रेष्ठले ४२ बलमा चार चौकासहित २४ रन जोड्नुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेस १९.२ ओभरमा ४९ रनमा बनायो । मधेसकी सरस्वतीकुमारी चौधरीले २८ बलमा दुई चौकासहित सर्वाधिक १२ बाहेक अन्य खेलाडीको सम्झन लायक प्रदर्शन रहेन । प्रदेश-१ की सबनम राईले चार ओभरमा तीन मेडनसहित एक रन खर्चेर चार तथा निशा शाहले चार ओभरमा एक मेडनसहित तीन रन खर्चेर दुई विकेट लिनुभयो ।

प्रतियोगितामा सात प्रदेश र नेपाल एपीएफ क्लब गरी कूल आठ टोली सहभागी छन् । जसमा दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा प्रदेश-१, मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल माघ ६ र फाइनल माघ ७ मा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?