धनगढीमा एनओजी राइड

Read Time = 1 min

धनगढी । टिभिएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड आयोजना गरेको छ । शनिबार धनगढी शोरुमबाट सुरु भएर शालिनी वाटिका एण्ड इको रिसोर्ट गोदावरीमा पुगेर राइड सम्पन्न भएको थियो ।

उक्त राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्रका साथै आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडर सहभागी राइड सम्पूर्ण सुरक्षा सावधानीसाथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?