नेकपा एमालेले आज संसद भेला गर्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ ।

एमालेले आज (मंगलबार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो ।

पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भूमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ । भेलामा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्य सहभागी हुनेछन् ।

भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्नेछन् । नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कुल ७८ सिट प्राप्त गरेको छ ।

प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?