बदलिएको समय र सोच बमाेजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्छः महामन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशा लैजानुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंको एक होटलमा संस्थापन इतर समूहको बैठकमा पुग्नुभएका महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा पार्टीका नेता डा. शेखर कोईरालाले युवामा सत्ता पुस्तान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेताको रुपमा प्रश्तावक गर्नु गर्वको विषय भएको बताउनु भयो । उहाँले संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुने गरेको भन्दै सत्ता पुस्तान्तरणको पहिलो खुड्किलो डा. कोईरालाले गर्नुभएको बतउनु भयो । उहाँले आदरणीय पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै किसिमले अर्को उम्मेदवार खडा गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा महशुस गरेको छु । संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुन्छ नै । यसमा महत्वपूर्ण भुमिका डा. शेखर कोईरालाले निभाउनुभएको छ । उहाँले जुन प्रश्ताव पछिल्लो पुस्तालाई गर्नुभएको छ । आदरणीय पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै किसिमले अर्को उम्मेदवार खडा गर्नुहुनेछ । वैकल्पिक नामलाई प्रश्ताव गर्नुहुनेछ । त्यसले राम्रो सन्देश दिन्छ । लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्नेछ ।’

महामन्त्री शर्माले लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्ने बताउनु भयो । संस्थापन इतर पक्षबाट महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेता बनाएर अघि बढ्ने सहमति भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?