स्थानीय र प्रहरीबीच झडप हुँदा कैलालीको हरैया तनावग्रस्त

Read Time = 1 min

काठमाडौं । बुधबार बिहान टिपरको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका गोदावरी नगरपालिकास्थित हरैया क्षेत्रका स्थानीय र प्रहरीबीच झडप भएको छ ।

अटोमा सवार रहेका बालकको ज्यान गएपछि प्रदर्शन गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेको टिपर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको एक स्थानीयले जानकारी दिए । दुर्घटनामा अटोमा सवार मृतक बालककी आमासमेत घाइते भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?