चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सर्वोच्च अदालतले नेपालको कारागारमा कैद रहेका फ्रान्सेली अभियुक्त चार्ल्स शोभराजलाई थुनामुक्त गरेर १५ दिनभित्र स्वदेश फिर्ता गर्न आदेश जारी गरेको छ ।

बुधवार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आज नै कैदबाट मुक्त गर्न आदेश दिएको हो ।
ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चाल्र्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको छ ।

आदलतको आदेशमा ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा दिएर छोड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्था छ । उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो । उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ ।

१९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानून प्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र निजको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावास बिरूद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ ।

'बिकिनी किलर' भनेर चिनिने शोभराज चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १९ वर्षदेखि  कारागारमा जेल जीवन विताउँदै गरेका थिए ।

हेर्नुहाेस्  आदेशकाे पूर्णपाठः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?