श्रीलंकाले हटायो आयात प्रतिबन्ध

Read Time = 1 min

कोलम्बो । श्रीलंकाले मंगलबारदेखि लागू हुनेगरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सिसीटीभी क्यामेरा र खेलकुदका सामग्री रहेको जनाकरी दिनुभएको हो । खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका आधारमा खेलकुदका सामग्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

श्रीलंका सरकारले गत अगस्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, हाल ७९५ वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको छ । सन् २०२१ को लागि श्रीलंकाको आयात बिल २०.६ बिलियन अमेरिकी डलर थियो । आयात प्रतिबन्धका कारण यो संख्या धेरै कम हने अपेक्षा गरिएको छ ।

राज्यमन्त्रीले आर्थिक अवस्थालाई ध्यानमा राखी अन्य वस्तुमाथिको प्रतिबन्ध कहिले हटाउने भन्ने निर्णय सरकारले गर्ने पनि बताउनुभएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?