‘नम्बरी सुन’को मुख्य भूमिकामा देखिँदै पहारी

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी देखिनुहुने भएको छ । राजु गिरीको निर्देशनमा निर्माण हुने चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता पहारी अनुबन्धित भएको हो । निर्माण पक्षका अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाइनल गरिएकको हो । गौरव र निर्माण टिमबीच मंगलबार लिखित सम्झौता भएकको थियो ।

माघ २० गतेबाट फ्लोरमा जाने चलचित्रमा गौरव र नम्रताका अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृति बलीलगायत कलाकारको अभिनय रहने बताइएको छ । झण्डै ७० वर्षअगाडिको ऐतिहासिक सामाजिक कथामा चलचित्र निर्माण गर्न लागिएको निर्देशक गिरी बताउनुहुन्छ ।

यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दै हुनुहुन्छ । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । लमजुङको भुजुंग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिने चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?