प्रशंसा र स्वस्तिका सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालका प्रशंसा मोक्तान र स्वस्तिका विष्ट २० औँ जयकर स्मृति एटीएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट- २ को गर्ल्स सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा प्रशंसाले भारतकी सान्भी रेडी भुनद्यालालाई ६-१, २-६ र ६-४ ले पराजित गरिन् भेन स्वस्तिकाले अमेरिकाकी नाला जोस्फिन मास्केबाट वाकओभर पाइन् । उक्त स्पर्धामा भारतकी सराह चौधरीले नेपालकी आद्या पौड्याललाई ६-४ र ६-२ तथा भारतकी तनिशा भत्नागरले नेपालकी जेनी खड्कालाई ६-१ र ६-२ को सोझो सेटमा हराउदै सेमिफाइनलमा पुगे ।

मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले हङकङका छुइन हेइ करिसन फुङलाई ४-६, ६-१ र ६-२, नेपालका राजवीर प्रधानले भारतका इशान बदाकीलाई ६-० र ६-४, हङकङका वान हिम दोनोभान यिमले भारतका भिभान मिर्धालाई ६-२ र ६-१ तथा हङकङका कि छियोङ मोरिस ताङले पाकिस्तानका जोहब अफ्जल मलिकलाई ६-१ र ६-० को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

ब्वाइज डबल्समा भारतका इशान बदाकी र सञ्जय गिरिस कुमारको जोडीले नेपालका शास्वत वज्राचार्य र भारतका आदित्य सिंहको जोडीलाई ६-४ र ६-१ तथा हङकङका छियोङ र वानको जोडीले पाकिस्तानका अफ्जल र यमनका हमुद इयादको जोडीलाई ६-१ र ६-१ को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

त्यसैगरी नेपालका राजवीर र दर्शिल श्रेष्ठको जोडीले बंगलादेशका नसफ अहमद नासिर र भारतका अर्श वाल्केको जोडीलाई ६-० र ६-० तथा भारतका सिद्धार्थ र भिभानको जोडीले हङकङका छुइन र भारतका किशोर श्रीरामको जोडीलाई ६-३ र ७-५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?