अति दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै फेरि सत्तामा फर्किए नेतान्याहु

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु ।

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इजरायलका नेता बेन्जामिन नेतान्याहुले देशको इतिहासमा नै अति दक्षिणपन्थी गठबन्धनको प्रमुखको रूपमा सत्तामा फर्केर नयाँ इजरायली सरकार गठन गरेको घोषणा गरेका छन् ।

नोभेम्बर १ को चुनावमा विजयी भएपछि नेतान्याहुले अति-अर्थोडक्स यहूदी पार्टीहरू र चरम-दक्षिण गुटको समर्थनमा सरकार गठन गर्ने जनादेश प्राप्त गरेका थिए ।

इजरायलमा चार वर्षमा हालै पाँचौ पटक निर्वाचन भएको थियो । अदालतमा भ्रष्टाचारको आरोप विरुद्ध लडिरहेका नेतान्याहुले इजरायली इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् ।

उनी सन् १९९६ देखि सन् १९९८ र सन् २००८ देखि सन् २०२१ सम्म प्रधानमन्त्री बनेका थिए ।

समयसीमा भन्दा केही मिनेटअघि उनले सरकार स्थापना गर्न सक्षम रहेको राष्ट्रपति आइज्याक हर्जोगलाई फोन मार्फत जानकारी गराएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?