पहिले नागरिकता विद्येयकसँगै राष्ट्रपतिको भूमिका बारे संसदमा छलफल हुनुपर्छ : महामन्त्री थापा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कांग्रेसका नवनिर्वाचित सांसद गगनकुमार थापाले प्रतिनिधिसभा बैठकको प्रारम्भकालमा नै नागरिकता विद्येयकमाथि छलफल हुनुपर्ने बताउनु भएको छ ।

प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै थापाले संसद बैठकको पहिलो एजेन्डा नै नागरिकता बिद्येयक हुनु पर्ने बताउनु भयो । ‘संसद बैठकको प्रारम्भमा नै नागरिकता बिद्येयकमाथि छलफल हुनुपर्छ,’ थापाले भन्नुभयो ।

उहाँले नागरिकता विद्येयकलाई स्वीकृत नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा पनि संसदमा छलफल हुनुपर्ने थापाले बताउनु भयो । ‘राष्ट्रपतिलाई मनको आधारमा ठिक बेठिक भन्ने अधिकार छैन, उहाँले संसद र मन्त्री परिषदले गरेको निर्णयलाई सदर गर्नुपर्छ,’ थापाले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?