नेपाल श्रीलंकासँग पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बंगलादेशमा जारी काभा तेइस वर्षमुनि (यू-२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । ढाकाको मिरपुरस्थित शहीद सुहरावर्दी नेशनल इण्डोर स्टेडियममा भएको खेलमा नेपाल श्रीलंकासँग ०–३ को सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो भएको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ०-३ को सोझो सेटमा पराजित भएको थियो ।

नेपालले श्रीलंकासँग पहिलो सेट २४-२६ ले गुमायो भने खेलको दोस्रो सेट १८-२५ ले गुमायो । त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेटमा नेपाल १७-२५ ले पराजित भयो ।

यही पुस ११ गतेसम्म चल्ने उक्त च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब समूह चरणको तेस्रो तथा अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ । उक्त खेल भोलि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?