फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व

Read Time = 2 mins

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघ काठमाडौंमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न संघको २३औँ साधारणसभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा १७ सदस्यीय नेतृत्व चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा मनिष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुणकुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा रहनुभएको छ । कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरुबल्लभ पराजुली रहनुभएको छ । सदस्यमा दिलविक्रम श्रेष्ठ, भोलामान योञ्जन, ऋषिकिशोर अग्रवाल, सम्यकमान सिंह, मुकेश अग्रवाल, गीता अछामी, रञ्जु श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेकबहादुर कार्की रहनुभएको संघले जनाएको छ ।

निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहनुभएको कार्यसमितिले थप तीनजना सदस्य मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पूर्णता दिनेछ ।

साधारणसभालाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासो आएकाले घरधनी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानुनी प्रावधान तयार गर्न लागिएको जानकारी गराउनुभएको थियो । व्यवसायीले भने उपत्यकामा मालवस्तु ढुवानीमा गरिएको कडाइले फर्निचरका उत्पादन ओसारपसारमा समस्या भएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?