पत्रकार अधिकारीको पहलमा जोगियो हरिशोभाको ज्यान

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका-३ की हरीशोभा नेपालीको घरमा पुस ६ गते बेलुका प्रेस कुकुर पट्कीदा हरीशोभासँगै उहाँका छोरा गणेश र लोकेन्द्र नेपाली घाइते भएका थिए ।

उनिरुलाई आफन्तले उद्वार गरि पुस ७ गते मात्र जिल्ला अस्पताल कालीकोटमा पुर्‍याइएपछि हरिशोभाको आर्थिक अभावले राम्रो उपचार हुँन सकेको थिएन् । रकम अभावका कारण उपचार रोकीएको कुरा पत्रकार तथा रेडियो साझा आवाजका स्टेशन म्यानेजर किरण अधिकारीले थाहा पाएपछि किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत ७ र ८ गते हरिसोभा बचाउ अभियान चलाएर आर्थिक सङ्कलन अभियान सुरु गर्नु भएको थियो ।

उक्त अभियानबाट हरीशोभा र उहाँका दुई बच्चालाई राहत भएको छ । अहिले उहाँको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ । यो अभियान मार्फत देश तथा बिदेशबाट मात्रै गरि १ लाख ७५ हजार रकम सङ्कलन भएको छ ।

बिरामीलाई २५ हजार तत्कालको लागि उपचार खर्च दिइएको र बाँकी रकम सोमबार दिने अभियानका सञ्चालक किरण अभिकारीले बताउनुभयो । उहाँका अनुसार विरामी नेपाली खतराबाट मुक्त भएको र तत्कालको लागि अभियानबाट संकलित रकम मध्य १ लाख १० हजार १ सय ११ रुपैया हरीशोभाको छोरा गणेशको पुर्ण उपचार र उपचार पछी अध्ययन निरन्तरताको लागि खातामा जम्मा गरीदिने र बाकी रकम नगद हस्तानतरण गर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Katak Bdr.Mahat
Katak Bdr.Mahat
2022-12-25 12:56 pm

समाचारमा भनिएको जस्तो आर्थिक अभावमा अस्पतालमा उपचार कतै रोकिएको छैन ।अस्पतालले बिरामीको उपचार र खाना सबै ब्यबस्थापन अत्यन्तै राम्रो गरेको छ ।हाल उनिहरुको अवस्था निकै सुधारोन्मुख छ ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?