उरुग्वेका पूर्व मिडफिल्डर नेइलको निधन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । उरुग्वेका पूर्व मिडफिल्डर फाविअन ओ नेइलको ४९ वर्षको उमेरमा निधन भएको छ । नेइलले कागइअरी र नासिओनलबाट लिग खेलेका थिए । उनको आइतबार निधन भएको उरुग्वे सकर फेडेरेसनले जनाएको हो ।

नेइललाई आइतबार कोमामा राखिएको थियो । नेइलको कलेजोमा अत्याधिक रक्रश्राप देखिएको थियो ।

नेइलले उरुग्वेको राष्ट्रिय टोलीबाट १९ खेल खेलेका थिए । सन् २००२ को विश्वकप टोलीमा उनको नाम थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा नेइलले खेल्न भने पाएनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?