महोत्तरीमा बढे अपराधजन्य गतिविधि: एक वर्षमा ४० जनामा याैन दुर्व्यवहार, १० जनाकाे हत्या

हिमालय टाइम्स
Read Time = 2 mins

महोत्तरी । महोत्तरीमा पछिल्लो एक बर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ । एक तथ्यांकअनुसार ०७८ मा यहाँ  बलात्कार, बलात्कार प्रयास र  यौन दुर्ववहारका ४० र  १० जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ ।

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीमा आयोजनामा भएको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गर्दै महोत्तरी अपराधजन्य क्रियाकलापको चपेटामा पर्दै गएको निश्कर्ष निकालेको हाे ।

नेपाल मानव अधिकार वर्ष पुस्तक-०२३ प्रकाशन पूर्व वार्षिक समीक्षाका क्रममा महोत्तरीमा अपराधजन्य क्रियाकलापमा ह्वात्तै भएकाे बताउँदै  यसकाे लागि मानवअधिकारवादीले सहि ढङ्गले खबरदारी गरिरहेको दाबी गरेको छ ।

इन्सेकका प्रतिनिधि अजयकुमार साहले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरूको प्रस्तुत गर्दै सो तथ्यांक सार्वजनिक गर्नुभएकाे थियाे ।

सार्वजनिक गरिएको थप तथ्यांकमा परिवारजन र व्यक्तिबाट १० जनाको हत्या, बलात्कार, बलात्कार प्रयास र  यौन दुर्व्यवहारका ४०, मानव बेचबिखन तथा ओसार पसारका १,  बहुविवाह १३, बालविवाह एक, प्रहरीको गोली प्रहारबाट दुई जना घाइते गरी  ६४ वटा घटना समेटिएको महिला अधिकारकर्मी तथा वोरेक महोत्तरीका कार्यक्रम अधिकृत लिला दियालीले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?