टुबोर्ग ओपेन २०२२ मा इमर्जिङ कलाकार भेक

Read Time = 3 mins

काठमाडौं । बियर ब्रान्ड टुबोर्ग र सङ्गीतको कैयौं वर्षदेखि निकै नै गहिरो सम्बन्ध चलिआएको छ । टुबोर्गले सधैँ सङ्गीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएकोे छ । गत पाँच वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन क्याम्पेनद्वारा निरन्तर कैयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारसँग संंलग्न भई सङ्गीत क्षेत्रलाई उत्थान गर्दै आएको छ । नेपालमा मात्र नभई भारत, चीन, टर्की, सर्बियालगायत अन्य देशमा पनि टुबोर्ग ओपेन क्याम्पेनमार्फत् राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ सङ्गीत सिर्जना गर्दै आएको छ । टुबोर्ग ओपेन अभियान टुबोर्ग उत्पादन फैलिएका विभिन्न देशमा छैटौँपटक हुँदैछ भने नेपालमा यो पाँचौँपटक हो ।

टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यस वर्षको थिम भने ‘टेक द स्ट्याग’ रहेको छ । जसमा अन्तर्राष्ट्रिय विश्वप्रख्यात कलाकारले स्वदेशी कलाकारलाई मेन्टरसिप प्रदान गरी उनीहरूलाई सङ्गीतको मूल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन गरेका छन् ।

टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन सङ्गीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपेनमा जोडेको छ । उहाँँसँगै जोडिनुभएको छ, नेपालका उदयीमान कलाकार भेक । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुनुहुन्छ । उहाँले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाउनुभएको थियो भने उहाँको सो गीत अमेरिका र न्युजील्यान्डमा नम्बर एकमा पुग्न सफल भएको थियो ।

भेक नेपाली साङ्गीतिक आकाशमा पछिल्लो पुस्ताका उदयीमान लोकप्रिय सङ्गीतकर्मी हुनुहुन्छ । उहाँले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाउनुभएको छ । गत महिना जसेन डेरुलोसँग अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को इमर्जिङ कलाकार भेक मेन्टरसिप प्राप्त गरी नेपाल फर्किसक्नुभएको छ । यस वर्षका लागि भेकले आफ्नो मेन्टरसिपद्वारा सिकेका ज्ञानले एउटा नयाँ गीत बनाउन गइरहनुभएको छ, जुन आगामी केही महिनामा बजारमा सर्वत्र उपलब्ध हुनेछ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्ट भन्नुहुन्छ, ‘टुबोर्ग र सङ्गीतको नाता नेपाली साङ्गीतिक क्षेत्रमा एकदम गहिरो छ । कैयांै वर्षदेखिको यो अटुट सम्बन्ध अझै पनि कायम छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?