काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रनमात्र बनायो ।
नेपालका लागि उत्तम थापामगरले अर्धसतक बनाए । उत्तमले ३८.३ ओभरमा ७० बलमा ३ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरे।
त्यस्तै दिपेश कडेँल ३१ रन बनाएर आउट भए। उनले छैटौं विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे। कडेँलले ५९ बलमा २ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि खराब ब्याटिङ गरेको नेपालका ओपनर अर्जुन कुमाल २१ रन जोडेर चौथो विकेटको रुपमा आउट भए। उनले ३७ बलमा ३ चौका प्रहार गरे। लगत्तै अर्को ओभरमा गुल्सन झा १ रनमै आउट हुँदा नेपालले १७ ओभरमा ४६ रनमा ५ विकेट गुमायो। गुल्सनलाई पाकिस्तान अली अस्फानले १७ आै ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए।
कप्तान देव खनाल १३ बल खेल्दा शून्यमा आउट हुँदा आकाश त्रिपाठी ६ रनमा आउट भए । तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।
पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिएका थिए । उनले ९.२ ओभर बलिङ गरेर १ मेडन राख्दै १९ रनमात्र दिएर ६ विकेट लिए। त्यस्तै अमिर हसनले २ तथा अलि अस्फन र उबैद शाहले समान १ विकेट लिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच