प्रदेश क्रिकेटमा बागमतीको जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशले बागमती प्रदेश आमन्त्रण क्रिकेट शृंखलाको निर्धारित ४० ओभरको पहिलो खेलमा आइतबार जित हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको शृंखलामा बागमतीको महिला टोलीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई दुई विकेटले पराजित गर्‍यो ।

मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले २९.१ ओभरमा सबै विकेटको क्षतिमा १७० रनको योगफल खडा गरेको थियो । हङकङका क्यानी च्यान र लेमन चेरीले समान ३१-३१ रन जोड्नुभयो । ‘वोमन अफ म्याच’ बागमतीकी सोनी पाख्रिनले ५.१ ओभर बलिङ गर्दै ३० रन खर्चेर ४ विकेट लिनुभयो । जवाफमा बागमतीले ३९ ओभरमा ८ विकेट गुमाउदै १७१ रनको लक्ष्य पूरा गर्‍यो । अस्मिता खरेलले ४२ तथा सलिना सिलवालले नटआउट २० रन जोड्नुभयो ।

प्रतियोगिताको आयोजक परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीले अम्पायर रविन्द्र गुप्तालाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । अन्तिम तथा दोस्रो ४० ओभरको खेल सोमबार हुनेछ । डिसेम्बर २७ र २९ तारिखमा टी-२० खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?