६१ किलो सुन तस्करी प्रकरण : २९ जना विरुद्ध मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । झण्डै ६१ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा २९ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका २६ र फरार सूचीमा रहेका ३ जना गरी २९ जनाविरुद्ध मुद्दा दायरको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ। त्यस्तै सुन तस्करीबाट नोक्सान भएको भन्दै ३ अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो ।

यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए ।  पक्राउ गरेकोहरुलाई अभियोगपत्रसँगै जिल्ला अदालत पेस गरिएको छ   ।

हङकङबाट ब्रेक–सुको आवरणमा कार्गो गरी ल्याइएका ब्रेस सु मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पास गरी सिनामंगल सडकमा पुगिसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले गत साउन २ मा उक्त सुन बरामद गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?