पीएनजीविरुद्ध कुशल भुर्तेलको अर्धशतक

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले दिएको २०४ रनको मध्यम लक्ष्य पछ्याउँदै नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकट रंगशालामा कुशलले ५९ बलमा पाँच चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो चौथो अर्धशतक हो । यसअघि कुशलले टियु क्रिकेट मैदानमा भएको लिग टु कै त्रिदेशीय सिरिजमा नामिबियाविरुद्ध शतक बनाएका थिए ।

नेपालले १९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा १०३ रन बनाएको छ । यसअघि आशिफ शेखलाई ४४ रनमा रनआउट भए । उनले ३९ बलमा पाँच चौका प्रहार गरे । पहिलो विकेटका लागि कुशल र आशिफले ७६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । ज्ञानेन्द्र मल्ल भने चार रनमा आउट भए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन बनाएपछि नेपालले मध्यम चुनौती पाएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?