मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

मुटुमा समस्या देखिएपछि पौडेललाई आज(मंगलबार) बिहान ७ काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो ।

दम र ग्याष्ट्रीकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उहाँलाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल श्रोतले जनाएको छ। यसअघि शनिबार पनि उहाँको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो ।

गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

उहाँको एनजिओग्राम गरिएको छ । जसमा सुरुवाती रिपोर्ट राम्रो आएको बताइएको छ ।

एनजिओग्राम गरेपछि २४ घण्टा अब्जरभेशनमा राख्नुपर्ने भएकाले पौडेललाई बुधबार मात्रै डिस्चार्ज गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Lalbabu
Lalbabu
2023-06-13 5:13 pm

Rastapati huna lai aba dekhi medical checkup garne niyam banaunu parxa jo fell ooo out jo medical pass ooo in

रिलेटेड न्युज

छुटाउनुभयो कि ?