फिटनेस ब्राण्ड एन्टाको बिक्री केन्द्र सिभिल मलमा

Read Time = 1 min

काठमाडौं । फिटनेस र स्पोर्ट्स सामग्रीको अन्तर्राष्ट्रिय ब्राण्ड एन्टाले नेपालमा पहिलोपटक अफिसियल स्टोर स्थापना गरेको छ । कम्पनीले नेपालमा स्पोर्टस् भेन्चर प्रालिमार्फत् सेवा सुरु गरेको हो ।

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा शनिबार महानायक राजेश हमालले शोरुम उद्घाटन गर्दै आफू स्पोर्ट्स र फिटनेसमा चासो राख्ने व्यक्ति रहेकाले एन्टाजस्तो अन्तर्राष्ट्रिय ब्राण्डले नेपालमा औपचारिकरूपमा बिक्री सुरु गर्नु उपभोक्ताका लागि खुशीको कुरा रहेको बताउनुभयो ।

स्पोर्ट्स भेन्चरका सञ्चालक विश्वास थोकरले एन्टाको एक्सक्लुसिभ स्टोरमार्फत् लेडिज, जेन्सका जुत्ता तथा कपडादेखि फिटनेस तथा खेलकुद सामग्री स्टोरमा पाइने बताउनुभयो । कम्पनीले स्टोर शुभारम्भका अवसरमा १० प्रतिशत छुट तथा क्यास ब्याक अफर सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?