काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गर्दै २२ पुस दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिनुभएको छ ।
बैठकमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।
४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन । देउवा नेतृत्वको गठबन्धन तोडिएसँगै पार्टीलाई भएको क्षति पनि बैठकमा समीक्षा हुने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच