टाटाको मेगा सर्भिस क्याम्प सम्पन्न

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङद्वारा १२ विभिन्न ग्राहक सेवा केन्द्रमा आयोजित मेगा सर्भिस क्याम्प मंगलबार सम्पन्न भएको छ । तीनदिने क्याम्पमा टाटाका नौ सय ५५ पेसेन्जर श्रेणीका गाडीको प्रभावकारी ढंगले जाँच एवं मर्मतसम्भार गरिएको थियो भने क्याम्पका एक हजार पाँच सय ३३ जना सहभागी भएका थिए । जाँच गराउँदा गाडीधनीले विभिन्न आकर्षक छुट एवं अन्य सुविधा प्राप्त गरेका थिए ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्स खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वासिंङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेकअप, ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि निःशुल्क प्रदान गरिएको आयोजकले जनाएको छ । साथै क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेजअन्तर्गत चार हजार हजार नगद फिर्ताको पनि व्यवस्था थियो ।

कम्पनीकी कस्टमर केयर प्रमुख कुमारी भण्डारीका अनुसार हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीको बजार विस्तारले तीव्रता पाइरहेको छ । सोही क्रममा ग्राहकलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?