दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीको जेल सजाय मिनाहा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। भ्रष्टाचार अभियोगमा जेलमा रहेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकका साथै केही अन्य राजनीतिज्ञ र पूर्व सरकारी अधिकारीको जेल सजाय मिनाह गरिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आफ्नो संबैधानिक अधिकार प्रयोग गर्दै मंगलबार पूर्वराष्ट्रपति ली म्युङ–बाकसहितका ती अधिकारीको जेल सजायँलाई ‘विशेष परिस्थिति’ मिनाह गरिदिएका हुन् ।

लीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि १७ वर्षको जेल सजाय तोकिएको थियो । तर राष्ट्रिय दिवसको अवसर पारेर राष्ट्रपति युन स्योक एलले ली को बाँकी १५ वर्षको कैद मिनाहा गरी आम माफी दिएका हुन् ।

सन् २०१३ को फेब्रुअरीसम्म पाँच वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेका लीलाई सन् २०२० को अक्टोबरमा अनियमितता गरेको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?