उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना हरायोः अमेरिकी कुटनीतिज्ञ

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । उत्तर कोरियाले सन् २०२२ मा आफ्नो मिसाइल कार्यक्रमको साथ अगाडि बढेको र आणविक बमको परीक्षण पुनः सुरु गर्ने दिशामा कदम चालेको खुलासा भएको छ ।

सीमा बन्द र अन्य महामारी विरोधी उपायहरु लम्ब्याउँदै तथा अन्तर्राष्ट्रिय संलग्नता अवरुद्ध र आर्थिक समस्या निम्त्याउदै देशले मे मा आफ्नो पहिलो कोभिड-१९ प्रकोप स्वीकार गरेको थियो । परीक्षण र स्वतन्त्र अनुगमनको अभावमा त्यहाँ कोभिडको वास्तविक सीमा अपुष्ट छ ।

यस वर्ष उत्तर कोरियाले आफूलाई स्थायी आणविक हतियार शक्ति ठानेको र प्योङयाङले अमेरिकालाई निशस्त्रीकरण वार्तामा संलग्न गराउने कुनै आसय राखेको छैन भन्ने स्पष्ट प्रमाण दिएको पूर्वअमेरिकी कूटनीतिज्ञ इभान्स रेभरेले बताए ।

‘उत्तर कोरियाको खतराको कुरा गर्दा हामी खतरनाक र अज्ञात क्षेत्रमा छौं’ उनले भने ‘उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना सबै हराइसकेको छ ।’

उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक यसै वर्ष अन्तरमहादेशीय मिसाइल प्रहार गरेको थियो । उसले सन् २०२२ को सुरुदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गर्दै आएको छ । उसको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?