काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दाहालकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिनुभएको छ ।
नेकपाको विभाजनपछि एमाले अध्यक्ष ओली पहिलो पटक प्रचण्ड निवास पुग्नुभएको हो। भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’
सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहनुका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ ।
उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको थियो ।
भोलि फेरि बालुवाटारमा सत्ता साझेदारी दलको शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच