गोकर्णेश्वरमा ट्रक दुर्घटना : एक युवतीको मृत्यु, दुई घाइते

Read Time = 1 min

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-१ की कल्पना नेपाल रहेकी छिन् ।  उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुन्दरीजलबाट आर्खेनीतर्फ जाँदै गरेको बा५ख ७३ ०९ नम्बरको मिनी ट्रक तीव्र गतिका कारण हिजो बेलुकी ७ बजे सडकबाट करिब तीन फिट तल खसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?