कांग्रेस बागमती प्रदेश दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गर्नुभएको हो ।

केन्द्रीय सदस्यसमेत रहनुभएका लामाले २१ र बानियाँले १६ मत पाउनु भयो । बानियाँ यसअघि पाँच वर्ष दलको नेता हुनुहुन्थ्यो ।

लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुनु हो । कांग्रेस बागमती प्रदेशमा ३७ सांसद छन् । लामालाई जिताउन काठमाडौंबाट प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिनालगायतका नेता पुग्नुभएको थियो ।

मकवानपुर १ मा आफूलाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्न बानियाँको भूमिका रहेको भन्दै आरोप लगाउनु भएकाे डिनाले लामालाई दलको नेता जिताएर बदला लिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?