इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स, बाघखोर बजारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । इलामको इलाम अस्पतालमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरिएको छ । इलाम नगरपालिकाले अस्पताल परिसरमा हेल्प डेस्क स्थापना गरिएको हो ।

जिल्लाकै एकमात्र पचास सैयाको सरकारी अस्पतालमा स्थापना गरिएको हेल्प डेस्कबाट अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिइने जनाइएको छ ।

हेल्पडेक्सको बिहीबार एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख केदार थापा र नगर उपप्रमुख बिष्णुकुमारी दाहालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले अस्पतालमा सेवा लिन आउँदा जेष्ठ नागरिक, अपांगता भएका, लेख्न पढ्न नजान्नेहरूलाई सहज सेवा दिन हेल्प डेस्क स्थापना गरिएको बताउनुभयो । इलाम अस्पतालमा केही समय अगाडीबाट मात्रै प्रमुख थापाकै पहलमा डाईलासिस सेवासमेत सुरु भएको छ ।

यस्तै इलाम नगरपालिका वडा नम्बर ३ को बाघखोर बजारमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरको कार्यक्रम अन्तरगत पालिकाले बिहीबार सेवा केन्द्रको उद्घाटन गरि संचालनमा ल्याएको हो । आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन इलाम नगरपालिकाका नगरप्रमुख केदार थापाले गर्नुभएको हो ।

नगरले समुदाय स्तरमा आधारभूत स्वास्थ्यको पहुँच विस्तारको कार्यक्रम ल्याएसँगै वडामा नै स्वास्थकेन्द्र स्थापना गरिएको नगरपालिका प्रमुख थापाले जानकारी दिनुभयो ।

नगरप्रमुख थापाले हिजो अस्पतालबाट प्राप्त हुने सेवाहरू अब वडामै हुने भएकोले नागरिकहरूले चाडो स्वास्थ्य सुविधा पाउने बताउनुभयो । ‘अस्पतालबाट हुने आधारभूत स्वास्थ्य सेवाहरू अब आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट हुन्छ,’ नगरप्रमुख थापाले भन्नुभयो, ‘अब सामान्य उपचारको लागि अस्पताल गैराख्नुपर्दैन् ।’

इनपा-३ को बाघखोरमा घर भाडामा लिएर स्वास्थ्य सेवा केन्द्रको कार्यालय राखिएको छ । ‘आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको लागि पनि आवश्यक पहल चाडै सुरु गरिने समेत बताउनुभयो । उहाँले यो स्वास्थ क्षेत्रमा पहिलो स्थापना भएको बताउँदै निकट भविस्यमा यहाँ ट्रमा सेन्टर स्थापना गरिने समेत बताउनुभएको छ ।

कार्यक्रममा नगरपालिकाकाकी उपप्रमुख बिष्णुकुमारी लिम्बुले यो सेवा केन्द्र स्थापनाले इलाम नगरका बासिन्दा लाई मात्र नभएर छिमेकी पालिकाका बासिन्दालाई समेत सहजता हुने बताउनुभयो ।

यता प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खड्काले आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट गर्भवती जाँच, स्वास्थ्य स्वयंसेविकाले दिने सेवा, सामान्य बिरामी जाँच तथा औषधि उपचार लगायतका आधारभुत स्वास्थ्य सेवा साथै औषधिहरु निशुल्क वितरण हुने बताउनुभयो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहिले अहेब र अनमी राखेर सेवा सञ्चालनमा ल्याईएको छ । कार्यक्रममा बिभिन्न वडाका अध्यक्ष साथै स्थानीयको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?