आत्मघाती गोलमा लिभरपुल विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । वट फेसले दुई आत्मघाती गोल गरेपछि लिभरपुलले सिटीलाई २–१ गोलले परराजित गरेको हो ।

लेस्टरले किरनन डेवसबरीको गोलले सुरुमै अग्रता लिए पनि लिभरपुललाई दुई आत्मघाती गोलको उपहार दिन बाध्य रह्यो ।

खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३८ औं मिनेटमा लेस्टरका डिफेन्डर वोउट फाएसले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा आयो । त्यसपछि खेलको ४५ औं मिनेटमा फाएसले फेरि आत्मघाती गोल गरेपछि लिभरपुल २-१ ले विजयी भयो ।

यो जितपछि लिभरपुलको २८ अंक भएको छ र छैटौं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?