न्यूनतम सेवा मापदण्डका आधारमा सिन्धुली अस्पतालले पायो ८७ अंक

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 5 mins

सिन्धुली ।  न्यूनतम सेवा मापदण्डका आधारमा सिन्धुली अस्पताल सिन्धुलीले ८७ प्रतिशत अंक प्राप्त गरेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो ।

४ कात्तिक २०७८ मा गरिएको मापनमा यस अस्पतालले ७७ प्रतिशत अंक प्राप्त गरेको थियो । २४ चैत २०७९ मा पुनः मापन गर्दा १० अंकले सुधारोन्मुख पाइएको स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
शनिबार सिन्धुलीमाडीमा “आयोजित अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्डको फलोअप समिक्षा” कार्यक्रममा उहाँले उक्त कुरा सुनाउनु भएको हो ।

”सीमित स्रोत, साधन र दक्ष जनशक्तिको बाबजुत पनि अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र ढकाल नेतृत्वको चिकित्ससहित सिंगो समुहले उदाहरणीय काम गरेको पाइयो,” उहाँले भन्नुभयो ।
८७ अंक ल्याएर ‘ए ग्रेड’ प्राप्त गरेको अस्पतालले निर्माणधिन भवन हस्तान्तरण भएर त्यहाँबाट सेवा प्रवाह गर्न थालेपछि ९० प्रतिशत बढी अंक प्राप्त गरेर ‘ए पलस ग्रेड’ ल्याई उच्चस्तरको सेवा दिन सफल हुने निर्देशनालयका प्रमुख श्रेष्ठले विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँकाअनुसार मापनका आधारमा ८५ प्रतिशत अंक प्राप्त गर्ने अस्पताल राम्रोमा पर्दछन् । अस्पतालको संस्थागत व्यवस्थापन, सुशासन, मानवस्रोत व्यवस्थापन र विकास, मेडिकल रेकर्ड र सूचना व्यवस्थापन, गुणस्तर व्यवस्थापन लगायतका मापदण्डहरु चुस्त, दुरुस्त पालना गरेको आधारमा अंक दिइने गरिन्छ ।

सरकारी अस्पताललाई जनमानसले हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन सेवा प्रवाहको गुणस्तरीय एक सय प्रतिशत बनाउन जरुरी रहेको उहाँको भनाई छ । “सरकारी अस्पतालले सेवा छिटोछरितो र राम्रो दिन्छ, अस्पतालको सेवा सफा र गुणस्तरीय छ भन्ने प्रभाव आमनागरिकमा पुर्याउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।
सरकारी अस्पतालमा गुणस्तरीय सेवा प्रवाह भएमा नीजी अस्पताल धाएर महंगो शुल्कमा उपचार गर्नुपर्ने नागरिकको बाध्यता हट्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशअन्र्तगत रहेका १९ वटा प्रादेशिक अस्पतालमा पुगेर अस्पतालको गुणस्तर सुधारको लागि न्यूनतम सेवा मापदण्ड फलोअप समिक्षा गरिने कार्यक्रम अनुरुप सिन्धुली अस्पतालमा यस कार्यक्रमको आयोजना गरिएको थियो ।

सिन्धुली अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र ढकालको अध्यक्षतामा संचालित कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, अस्पतालका चिकित्सक तथा कर्मचारी, पत्रकार लगायगत सम्बन्धित सरोकारवालाहरुको उपस्थित थियो ।

उच्च र उत्कृष्ट स्तरको सेवा प्रवाह गर्न सिन्धुली अस्पतालमा सुधार हुनुपर्ने पक्षका बारेमा कार्यक्रम आयोजक तथा कार्यक्रममा उपस्थित सहभागिहरुले सुझाव समेत दिएका थिए । उक्त सुझावअनुसार सेवा प्रवाहमा सुधार गरि गुणस्तरियता प्रदान गरिने सिन्धुली अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष ढकाल नेतृत्वको प्रतिवद्धता छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?