मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मा पार्टीको राजनीतिक समितिलाई दिने जसपाको निर्णय

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ ।

शनिबार बालकुमारीस्थित केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो । यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ । सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरु तय गरिने निर्णय केन्द्रिय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनु भयो ।

बैठकमा निर्वाचनको समिक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ । तर त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरु हुने पनि प्रवक्ता समुनले बताउनु भयो ।

प्रवक्ता सुमनले भन्नु भयो, ‘सात दलीय संयन्त्रमा हामी सहभागी छौं । हाम्रै समर्थनले प्रधानमन्त्री चयन भईसक्नु भएको छ । यो सरकारलाई हाम्रो समर्थन छ । सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा पनि, त्यो सरकारमा सामेल हुने साथीहरुको बारेमा पनि त्यसको लागि अहिले समय छ । सरकारको विस्तार २९ गते पछि नै हुने जस्तो हामीलाई सुन्नमा आएको छ । तसर्थ, पर्सीबाट सुरु हुने राजनीतिक समितिको बैठकमा यो बारेमा थप निर्णय गर्ला । निर्वाचनको समिक्षा भन्ने हो भने प्रत्येक जिल्लाबाट मागिएको प्रतिवेदन आईसकेको छ । अव त्यो रिर्पोटहरु अध्ययन गरेर त्यसलाई अझै छलफल गरेर निर्णय गर्नकै लागि केन्द्रमा पनि एउटा समिति निर्माण भएको छ । शिवलाल थापाजी त्यसको संयोजक हुनुहुन्छ । बाल किशोर जी र रणध्वज कन्दवा रहनु भएको समितिलाई राजनीतिक समितिले अनुमोदन गर्नेछ । उनीहरुले अध्ययन गरेर तयार पारेको प्रतिवेदनको आधारमा कारबाही हुन्छ ।’

बैठकमा निर्वाचनको समिक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरुबारे र अन्य पार्टीहरुसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?