‘परदेशी-२’ को गीत ‘कुरा सिधा छ’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । यही असोज २६ गते शुक्रबारदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी-२’को नयाँ गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘कुरा सिधा छ...’ बोलको डान्सिङ शैलीको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ । प्रताप दास र मीना निरौलाको स्वर रहेको गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत छ । गोविन्द राईले भिडियोको कोरियोग्राफी गर्नुभएको हो । ‘लिरिकल शैली’मा तयार यस गीतको भिडियोलाई मिराज अर्यालले सम्पादन गर्नुभएको हो ।

दशैँको छेको पारेर प्रदर्शनमा आउन लागेको ‘परदेशी-२’लाई नारायण रायमाझीले निर्देशन गर्नुभएको हो । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ ।
रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रूपमा निर्माण गर्नुभएको हो ।

चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रमा रहेको जनाइएको छ । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र दिनुभएका रायमाझी ‘परदेशी २’मार्फत निर्देशनमा सफलताको हृयाट्रिक गर्ने दाउमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?