त्रिविमा आजदेखि जाडो बिदा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आइतबार (आज) देखि जाडो बिदा दिएको छ ।

त्रिविअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आजदेखि हिउँदे बिदा भएको हो ।

त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँले बिदाको समयमा पठनपाठन बन्द भए पनि प्रशासनिक कार्य सञ्चालन हुने बताउनुभयो । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?