एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यहरुले सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका छन् ।

पार्टी कार्यालय तीनकुनेमा जारी बैठकमा उनीहरुले सरकारलाई समर्थन गर्ने कुरा फरक भएपनि सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका हुन् । प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्न आग्रह गरेपनि औपचारिक पत्र नआएसम्म सरकारलाई समर्थन गर्न नसकिने धारणाहरु आएको उपमहासचिव गंगालाल तुलाधरले बताउनु भयो ।

तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा सत्यता नभएको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा स्थायी कमिटी बैठकबारे जानकारी दिन पत्रकारहरुसँगको कुराकानीमा उहाँले नेकपा एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताउनु भयो ।

त्यस्तै तुलाधरले पार्टी एकताका सवालमा चलेका चर्चाहरु एमालेका केहि नेताहरुले चलाएको र भ्रममा पर्न नहुने धारणा राख्नुभएको थियो। उहाँले अहिले एकताका प्रयासहरु नै नभएको स्पष्ट पार्नुभयो ।

माओवादी र जनता समाजवादीसँग पनि एकताको कुरा अगाडि नढेको उहाँको भनाइ थियो । तर, केही नेताले अनौपचारिक कुरा गरेको भए पनि औपचारिकरुपमा त्यस्तो कुनै निर्णय नभएको तुलाधरले जिकिर गर्नुभयो ।

बैठकमा राष्ट्रिय राजनीतिका साथै पार्टीलाई सशक्त बनाउने बिषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?