दोधारा । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो ।
“अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।” नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भन्नुभयो, “त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो ।” उहाँका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच