लक्ष्मी बैंकको छात्रवृत्ति

Read Time = 2 mins

काठमाडौ । लक्ष्मी बैंकले विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले २०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौं विश्वविद्यालय(केयु) सँग उक्त सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा केयुको इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्राडा विपिन अधिकारीले हस्ताक्षर गर्नुभएको छ । छात्रवृत्तिमार्फत् बैंकले आर्थिकरूपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाई उच्च शिक्षाका लागि सहयोग गर्ने बैंकले जनाएको छ ।

छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनोटसम्बन्धी प्रक्रिया केयु मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्नेछ । छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ । कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययनमा खर्च बेहोर्न प्रयोग हुने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?