नबिल र मिडास एजुकेशनबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नबिल बैंक र मिडास एजुकेशन प्रालिबीच सम्झौता भएको छ । सम्झौतासँगै नबिलका ग्राहकले मिडास ई-क्लासका पठनपाठन सामग्रीमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् ।

नबिलका ग्राहकले मिडास ई-क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

खातावालालाई डिजिटल प्लेटफर्ममार्फत् शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्ने उद्देश्यका साथ सम्झौता गरिएको बैंकले जनाएको छ । मिडास ई-क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?