गोकर्णेश्वर नगरपालिकाको परिचय

Read Time = 7 mins

✍️ पुरुषोत्तम घिमिरे

राजधानी काठमाडौंबाट उत्तर-पूर्वमा रहेको गोकर्र्णेश्वर नगरपालिकाको संक्षिप्त परिचय सांस्कृतिक धरोहरसहितको समृद्ध शहर, धार्मिक मौलिकतता र विशिष्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगर भन्ने नारालाई आत्मासाथ गरेर विकासको गतिमा अघि बढेको नगरपालिकाको क्षेत्रफल ५८.५ वर्ग किमी रहेकोे छ । यहाँकोे मुख्य आयस्र्रोत भनेका कृषि हो । ग्रामीणदेखि शहरसम्म यसकोे भूगोल छ । सुन्दरीजलमाथि बागद्वारदेखि काठमाडौं महानगरको सीमासम्म यसको क्षेत्रफल फैलिएको छ । विभिन्न जातजाति भाषाभाषी बसोवास गर्न यस नगरपालिकामा विभिन्न धार्मिक रीतिरिवाज चाडपर्व मानिन्छ ।

चामुण्डा देवी शक्ति पीठ, रक्त विनायक गणेश, महाकाल भैरव जस्ता चिरपरिचित मन्दिरले धार्मिक महत्व बढाएको छ । ऐतिहासिक एवं धार्मिक मठमन्दिरले यो नगर स्वभायमान छ । धान, मकै, कोदो, फापर, आलुलगायता अन्न बाली उब्जाउ हुन्छन् भने नगदे बालीका रूपमा साग, मूला, तोरी उत्पादन हुन्छन् । पुषभन्दा महिलाको संख्या एक प्रतिशत बढिरहेको तथांक विभागले बताएको छ ।

भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिकस्थल, पवित्र बागमती तथा गोकर्णश्वर महादेवको मन्दिर उत्तर गयाको नामले प्रख्यात छ । भूवनोटमा बेंसी, भीरपाखा, समथर फाँट र जंगल आदिको समिश्रण छ । नेपाल सरकारले देशभर १६ नगरपालिका थप्दा साविक पाँचवटा गाविस सुन्दरीजल, नया“पाटी, बालुवा, गोकर्ण र जोरपाटी गाभेर २०७१ सालमा गोकर्णेश्वर नगरपालिका घोषणा गरेको हो । गोकर्णेश्वर नगरपालिकामा हाल नौवटा वडा छन् ।

पूर्वदक्षिण कागेश्वरी मनोेहरा नगरपालिका छ भने पश्चिमपट्टि र उत्तरपट्टि काठमाडौं महानगरसँग सीमा जोडिएको छ । ५८.५० वर्ग किमि रहेको नगरपालिकाको नामांकन ऐतिहासिक एवं धार्मिक गोकर्णेश्वर महादेव मन्दिरको नामबाट राखिएको छ ।

नगरपलिकाका प्रथम मेयर नेपाली कांग्रेसका सन्तोष चालिसे हुन् । १७ वर्षदेखि जनप्रतिनिधिविहीन रहेको नगरपालिकाले मेयर चालिसे आएपछि आमूल परिवर्तन भयो । मेयर चालिसेले आफ्नो पाँच वर्षीय कार्यकाल बाटो, ढल, पानी, शिक्षा, खेलकुद, स्वास्थ्यलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्नुभयो । उहाँको कार्यकाल सुखद् र सफल रहृयो । नगरपालिका पूर्वाधार विकासका लागि एक कदम अघि छ ।
बागमती प्रदेशमा पर्ने यस नगरपालिकामा विभिन्न जातजाति भाषाभाषी धर्मावलाम्बीको बसोवास छ । दोस्रो जलविद्युत् निकालेको ठाउँ सुन्दरीजल यसै नगरपालिकाभित्र पर्छ । २०६८ कोे जनगणना अनुसार एक लाख सात हजार तीन सय एकाउन्न जना मानिसको बसोवास छ । २०७९ सालको स्थानीय निकाएको निर्वाचनको आधार मान्ने होे भने नगरपालिकामा तेत्तीस हजार आठ सय ९८ मतदाता छन् । पूर्वदक्षिण कागेश्वरी मनोेहरा नगरपालिका छ भने पश्चिमपट्टि र उत्तरपट्टि काठमाडौं महानगरसँग सीमा जोडिएको छ । ५८.५० वर्ग किमि रहेको नगरपालिकाको नामांकन ऐतिहासिक एवं धार्मिक गोकर्णेश्वर महादेव मन्दिरको नामबाट राखिएको छ । धार्मिक मठमन्दिरले भरिएको यस नगरपालिकामा विश्वको एकमात्र उत्तरगया तीर्थस्थल रहेको छ ।

२०७९ सालको स्थानीय निर्वाचनमा मिश्रित मत परिणाम आएको छ । मेयरमा नेपाली कांग्रेसका दीपक रिसाल हुनुहुन्छ भने उपमेयरमा एमालेबाट सान्नानी लामा हुनुहुन्छ । २०७४ को निर्वाचनमा कांग्रेसबाटै मेयर र उपमेयर जितेका थिए । संघीय सांसद्मा पूर्वमेयर चालिसेले जित्नु भएको छ भने प्रदेशसभा ‘क’ र ‘ख’ मा पनि नेपाली कांग्रेसकै विमल ठकुरी र छिरिङ दोर्जे लामाले जित्नुभएको छ ।

अबको योजना :
२०७९ वैशाखकोे स्थानीय निर्वाचनबाट निर्वाचित भएर आउनुभएका नेपाली कांग्रेसका नेता तथा क्षेत्रीय सचिव दीपक रिसालले हिजो गर्न नसकेका अपूरा काम पूरा गर्न र नया“ योजना ल्याउने नगरपालिकालाई सुन्दर सफा नगरपालिका बनाउने उद्घोेष गर्नुभएको छ ।

धर्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नगरपालिकाले योजना बनाएको उहाँ बताउनुहुन्छ । विदेशी तथा आन्तरिक पर्यटक भित्र्याउने राम्रो सम्भावना बोकेको यस नगरपालिकामा अर्का सम्भावना भनेको धार्मिक पर्यटक भित्र्याउने पनि हो । भारतबाट पशुपतिनाथ तीर्थाटन गर्न आएका भक्तहरूलाई उत्तर गयाका बारेमा जानकारी गराउन सके उनीहरूलाई यहाँसम्म सजिलै ल्याउन सकिन्थ्यो । यसका लागि हामीले पहल गरिरहेको बताउनु हुन्छ नगर प्रमुख रिसाल ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?