सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीद्वारा सरकार गठनका लागि आह्वान

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी दिनुभयो । दाबी पेश गर्न २७ पुस साँझ ५ बजेसम्म समय दिइएको ढुंगानाले बताउनु भयो ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले धारा (२) अनुसार दुई वा दुई भन्दा बढि दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुहुने छ ।

त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ १९ सिटसहित नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको छ । माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको ७, नेकपा एसको ४, राप्रपा १ र एकजना स्वतन्त्र सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?