उपचारका लागि आर्थिक अभाव झेल्दै क्यान्सर पीडित टक्सारकी रिता कटुवाल

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । आर्थिक अवस्थाका कारण क्यान्सर पीडित महिलालाई थप उपचारमा समस्या भएको छ । भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारकी रिता कटुवाल पाठेघरको क्यान्सर भई उपचारको रहेको तर आर्थिक अवस्थाका कारण थप समस्यामा पर्नु भएको हो ।

विगत दुई वर्षदेखि पाठेघरको क्यानसर भई भरतपुर अस्पतालमा उपचारत भए पनि आर्थिक समस्याका कारण थप उपचारमा समस्या देखिएको सामाजिक अभियन्ता सम्झना प्रधानले बताउनुभयो । बिगत केही महिनादेखि स्वास्थ्यमा समस्या देखिए पनि आर्थिक अवस्थाका कारण उपचारमा समस्या देखिएको प्रधानले बताउनुभयो ।

ज्याला मजदुरी गर्दै आफ्नो दैनिक गुजारा गरी रहेको परिवारले रिताको उपचारका लागि करिव सात लाख खर्च गरी सकेको छ । उपचारका लागि पटक पटक खर्च जुटाउन समस्या भएको परिवारजनले गुनासो गरेका छन । हाल क्यान्सर अस्पताल भरतपुरको बेड नम्वर ५० मा भर्ना गरेर रिताको उपचार भईरहेको छ । सामान्य ज्याला मजदुर गरेर जीबिका चलाईरहेको परिवारलाई पटकपटकको उपचार खर्च जुटाउन समस्या देखिएको सामाजिक अभियन्ता प्रधानको भनाई रहेको छ ।

उहाँले भन्नुभयो, “उपचारको अभावमा छटपटाई रहनुभएकी रितालाई सवैको सानो सहयोगले बचाउन सकिन्छ भने हामीले सानो सहयोग गर्नु पर्छ ।” रिताको श्रीमान दैनिक ज्यालामा मजदुरी गर्नुहुन्छ भने छोरा भोजपुर बहुमुखी क्याम्पसमा विएड दोस्रो वर्षमा र छोरी यशोधरा मावि टक्सारमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।

हाल भरतपुर अस्पतालमा छोरा सुजनले एक्लै आमाको उपचार गराई रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?