युरोपका धेरै देशमा कीर्तिमानी गर्मी

Read Time = 2 mins

एजेन्सी/युरोपका धेरै देशमा जनवरी महिनामा कीर्तिमानी गर्मी भएको छ । यो महिना युरोपका आठ देशमा राष्ट्रिय तापक्रमको रेकर्ड तोडिएको छ भने तीन देशमा क्षेत्रीय रेकर्ड तोडिएको हो । आइतबार पोल्याण्डमा १८.९ डिग्री सेल्सियस र स्पेनमा २५.१ डिग्री सेल्सियस थियो, जुन औसतभन्दा १० डिग्री बढी थियो ।

यसैबीच, उत्तर अमेरिकाले भयंकर हिउँ आँधीको सामना गरिरहेको छ । केही दिनअघि आएको हिमपातमा ६० जनाको मृत्यु भएको थियो । यद्यपि, एट्लान्टिकको युरोपेली भागका धेरै ठाउँमा मौसमको अवस्था फरक छ । नेदरल्याण्ड, लिथुआनिया, लाटभिया, चेक रिपब्लिक, पोल्याण्ड, डेनमार्क र बेलारुसमा तापक्रमले सबै रेकर्ड तोडिरहेको छ ।

जनवरी १ मा बेलारुसमा तापमान १६.४ डिग्री थियो, जुन अघिल्लो रेकर्डभन्दा ४.५ डिग्री बढी थियो । यसैबीच, स्विट्जरल्याण्डको तापक्रम २० डिग्री सेल्सियस छ, जसका कारण हिउँ पर्ने पर्यटकीय स्थलहरूमा हिउँ कम भएको छ । जर्मनी, फ्रान्स र युक्रेनको अवस्था लगभग उस्तै छ । केही दिनअघि बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?