फ्रान्सले रुसविरुद्ध लड्न युक्रेनमा लडाकु गाडी पठाउने

हिमालय टाइम्स
Read Time = 1 min

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलाई आफ्नो सरकारले रसियाविरुद्धको युद्धमा सहयोग गर्न हल्का एएमएक्स-१० आरसी सशस्त्र लडाकु सवारी साधनहरू पठाउने बताएका एक फ्रान्सेली अधिकारीले बताएका छन् ।

‘युक्रेनी सेनाको समर्थनमा पश्चिमी-निर्मित सशस्त्र सवारी साधनहरू पु¥याइएको यो पहिलो पटक हो’, अधिकारीले भने । पत्रकारहरूसँग कुरा गर्दै अधिकारीले योजनाबद्ध ढुवानीको मात्रा वा समयको बारेमा कुनै विवरण दिएनन् तर अन्य सवारी प्रकारहरूको सम्भावित डेलिभरीको बारेमा वार्ता जारी रहने बताए ।

जेलेन्स्कीले घोषणाको लागि म्याक्रोनलाई धन्यवाद दिँदै यसले अरुहरुलाई भारी हतियार उपलब्ध गराउन आवश्यकता देखाएको बताए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?