शरणार्थी प्रकरणबारे गगन थापाको धारणा : ‘ठगी गिरोहको भिआइपी जालो र भ्रष्टाचारको संगठित प्रवृत्ति’ काे उजागर 

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारण युगान्तकारी राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार आर्थिक विकास, सामाजिक रुपान्तरण र सुशासनको प्रत्याभूति हुन नसकेको बताउनु भएको छ ।

केहीबेर अघि फेसबुकमा लामो स्टाटस लेख्दै महामन्त्री थापाले भ्रष्टाचार विरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफ्नो धारणा व्यक्त गर्दै यस्तो बताउनु भएको हो ।

आफूले पार्टी सभापति, पदाधिकारीसँगको बैठक, सार्वजनिक मञ्चहरूमा यसप्रकारको विचार राखेको बताउँदै उहाँलो विगत लामो समयदेखि हाम्रो शासकीय संरचनामा प्रवृत्ति कै रुपमा जरो गाडेर बसेको भ्रष्टाचार र कुशासनले गर्दा सरकार, राजनीतिक दल, राजनीतिकर्मी, नीति निर्माता, कर्मचारीतन्त्र लगायत राज्यका निकायप्रति व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा भएको बताउनु भएको छ ।

यस्तो प्रवृत्ति विरुद्ध पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको र जुन जायज र स्वभाविक रहेको समेत उहाँले उल्लेख गर्नुभएको छ । यसका विरुद्ध भइरहेका तमाम नागरिक आन्दोलन र अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दै महामन्त्री थापाले अब कुनै पनि व्यक्ति, समुह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बीचको बाटो कसैसँग पनि नभएको बताउनु भएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने पछिल्लो प्रकरणको अनुसन्धानका क्रममा 'ठगी गिरोहको भिआइपी जालो र भ्रष्टाचारको संगठित प्रवृत्ति' उजागर भएको बताउँदै उहाँले भन्नुभएको छ, 'यो प्रकरण सबैको मापन गर्ने विषय बनेको छ-हामी कुन प्रवृत्तिको पक्षपोषण गर्न उभिन्छौंरु हामी कस्तो समाज र संस्कृति निर्माण गर्न चाहान्छौं ? मैले यस विषयमा विभिन्न संचार माध्यमलगायत संसदको समेत ध्यानाकर्षण गराइसकेको भए पनि केही कुरा दोहोर्‍याउन सान्दर्भिक ठानेको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?