शेखर-गगन समूहको भेला आज, आगामी रणनीतिबारे छलफल हुने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज बस्दै छ । गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न संस्थापनइतर समूहले भेला बोलाएको हो ।

बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने बताइएको छ । कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरू शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?